ग्लोबल आइएमई बैंक लि.को मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) ग्लोबल आइएमई क्यापिटल लिमिटेडकोरिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा श्री मन्दिप लुँईटेललाई नियुक्त गरिएको छ ।
कम्पनीको सञ्चालक समितिले यहि मिति २०८० साल पौष २९ गते निजसँग एक करार सम्झौता गरी माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो। राजविराज, सप्तरी निवासी निज लुँइटेल यस अघि सानीमा क्यापिटल लि.मा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत हुनुहुन्थ्यो ।
भारतको पुनेबाट एमबिए गर्नुभएका लुँइटेलले काठमाण्डौं विश्वविद्यालयबाट ईन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गर्नुभएको छ । भारतको मुम्बईस्थित आइसिआइसि बैंकमा करीब डेढ वर्ष क्यापिटल मार्केट÷स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गर्नुभएका निज लुँइटेललेनेपालका पूँजी बजारको बारेमा विशेष दखल राख्नुहुन्छ ।







