काठमाडौँ । बुटवल पावर कम्पनीले पुनः एफपीओ जारी गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न वार्षिक साधारणसभाले एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले प्रचलित ऐन अनुसार प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनका लागि हालको जारी चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० लाई बढाएर ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय पुयाउनका लागि १ करोड कित्ता सेयर पुनः निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।



