साहस ऊर्जाले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना बनाउने, मल्होत्रासँग किन्यो लाईसेन्स


  • Himalayan Bank Limited (HBL)
साहस ऊर्जाले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना बनाउने, मल्होत्रासँग किन्यो लाईसेन्स

निजी क्षेत्रमध्ये कै सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गरेको साहस ऊर्जा लिमिटेडले ३ सय ४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । सो आयोजनाको लाईसेन्स टाइम्स इनर्जीसँग रहेकोमा साहस ऊर्जा लिमिटेडले लाईसेन्स खरिद गरेको हो ।

टाइम्स इनर्जी दीपक मलहोत्राको कम्पनी हो । उनकै कम्पनीसँग साहस उर्जाले करिब २ अर्बमा लाईसेन्स किनेको बताईएको छ । 

निजी क्षेत्रबाट सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको रुपमा ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना बनाएको साहसले अब  ३ सय ४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । सम्पन्न पश्चात यो नै निजी क्षेत्रबाट बनेको सबैभन्दा ठूलो आयोजना हुने छ । 

Read More