सानो पाइला सहकारीमा डुब्यो सवा अर्ब रकम


  • Himalayan Bank Limited (HBL)
सानो पाइला सहकारीमा डुब्यो सवा अर्ब रकम

वीरगन्ज : वीरगन्ज–१० आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणको सवा अर्बभन्दा बढी रकम डुबेको छ। संस्थाका सञ्चालक मात्र होइन, कर्मचारीसमेत ६ महिनादेखि कार्यालय बन्द गरी सम्पर्कविहीन छन्। जसकारण बचत रकम फिर्ता नपाउँदा ८ सयभन्दा बढी बचतकर्ता बिचल्लीमा परेका छन्।

काठमाडौं कालीमाटीमा केन्द्रीय कार्यालय रहेको यो सहकारीका मुख्य व्यवस्थापक तथा सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हुन्। उनीसहित अधिकांश पदाधिकारी फरार भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन्। सानोपाइला सहकारी पीडित संघर्ष समितिका संयोजक सुशील अग्रवालका अनुसार उक्त संस्थामा वीरगन्जका साना तथा ठूला व्यापारी, मजदुर, सर्वसाधारण गरी आठ सयभन्दा बढी व्यक्तिको करिब १ अर्ब ३५ करोड रुपैयाँ बचत थियो। उपचारका लागि थोरै–थोरै गरेर जम्मा गरेको रकम आवश्यक परेका बेला फिर्ता पाउन नसकेको बताउँछन् बचतकर्ता अंकति अग्रवाल। 

Read More