हिमालयन टाइम्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • Himalayan Bank Limited (HBL)
हिमालयन टाइम्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले साधारण शेयर प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन निष्काशत तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार रु सात करोड बराबरको सात लाख कित्ता साधारण शेयर प्रति रु १००/- अंकित मूल्यका सर्वसाधारणलाई निष्काशन गरिनेछ ।

Read More