काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायी (ठेकेदार)लाई तत्काल ६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएकाा छन् ।
गत आर्थिक वर्षको १ अर्ब ७१ करोड र चालु आवको हालसम्मको दायित्व ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा दिन दाहालले अर्थमन्त्रीलाई निर्देशन दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।



