गभर्नर अधिकारीको फोटो दुरूपयोग गरेर ह्वाट्स एप खाता प्रयोग, सचेत रहन आग्रह


  • Himalayan Bank Limited (HBL)
गभर्नर अधिकारीको फोटो दुरूपयोग गरेर ह्वाट्स एप खाता प्रयोग, सचेत रहन आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो र नाम दुरूपयोग भएको पाइएको छ।

गभर्नर अधिकारीको नाम र तस्वीर दुरूपयोग गर्दै ह्वाट्स एप खाता प्रयोग भएको भेटिएको राष्ट्र बैंकले जनाएको छ।

गभर्नर अधिकारीको नाम र तस्वीर दुरूपयोग गर्दै ह्वाट्स एप खाताबाट विभिन्न व्यक्तिहरूसँग संवाद गरेको भेटिएको भन्दै राष्ट्र बैंकले सचेत रहन सार्वजनिक सूचना जारी गरेको छ।

Read More