काठमाडौं : एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । माइक्रोसफ्टले सेयर बजार पुँजीकरणका आधारमा विश्वको सबैभन्दा ठूलो कम्पनी बन्दै शुक्रबारको कारोबार सेसन अन्त्य गरेको हो । यसअघि बिहीबारको इन्ट्राडे कारोबारमा पनि माइक्रोसफ्टले एप्पललाई केही समयका लागि पछि पारेको थियो ।



