बैङ्किङ क्षेत्र देशको अर्थतन्त्रको ऐना हो


  • Himalayan Bank Limited (HBL)
बैङ्किङ क्षेत्र देशको अर्थतन्त्रको ऐना हो

सरकारी स्वामित्वको नेपाल बैङ्क लिमिटेड अहिले ८७ औँ वर्षमा चलिरहेको छ । स्थापनापछि २०२२ सालसम्म यो एक मात्र वाणिज्य बैङ्कका रूपमा रह्यो । यो बैङ्क नियामक निकाय नेपाल राष्ट्र बैङ्क स्थापना हुनुपूर्व नै स्थापित मुलुककै जेठो बैङ्क हो । बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा तीन साताअघि तिलकराज पाण्डेय नियुक्त हुनुभएको छ । नेपाल बैङ्कमै विभिन्न शाखा तथा विभाग हुँदै कर्पोरेट क्रेडिट विभाग प्रमुखका रूपमा काम गरिसक्नुभएका नवनियुक्त सिइओ पाण्डेयले भिवोर विकास बैङ्कमा नायब प्रमुख कार्यकारी अधिकृतका साथै एसियन डेभलपमेन्ट बैङ्कमा समेत काम गरिसक्नुभएको छ । बैङ्कले आइतबार ६४ औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै छ । कुल निक्षेप दुई खर्ब ५२ अर्बको हाराहारी पुर्याएको बैङ्कले २५ लाख निक्षेपकर्ता ग्राहक तथा एक लाख ३६ हजारभन्दा बढी कर्जा ग्राहकलाई सेवा दिइरहेको छ । प्रस्तुत छ, नेपालको बैङ्किङ व्यवसायका साथै बैङ्कको ६४ औँ साधारण सभालगायतका विषयमा प्रमुख कार्यकारी अधिकृत पाण्डेयसँग भेषराज बेल्बासेले गर्नुभएको कुराकानी :

Read More