काठमाडौँ । लगातार घट्दो क्रममा रहेको बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ ।



