भारतीय शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार भारतकाे शेयर बजारमा धेरै शेयर किनबेच भएका छन्।
साताको अन्तिम कारोबार दिन, बीएसई सेन्सेक्स बेन्चमार्क पहिलो पटक ७२,७२०.९६ विन्दुमा पुगेकाे छ। यसैगरी,आज निफ्टी पनि पहिलो पटक २१,९०० विन्दुको स्तर पार गर्दै २१,९२८.२५ को विन्दुमा पुगेको छ ।
शुक्रबारको कारोबार सत्रमा आईटी र पीएसयू बैंकिङ क्षेत्रको शेयरमा राम्रो किनबेच देखिएकाे थियाे । यी क्षेत्रहरू आज टप गेनर बनेका थिए।



