वाणिज्य बैंकको शेयरमा छैन लगानीकर्ताको आकर्षण, ६ ओटाको शेयर मूल्य २ सयमुनि


  • Himalayan Bank Limited (HBL)
वाणिज्य बैंकको शेयरमा छैन लगानीकर्ताको आकर्षण, ६ ओटाको शेयर मूल्य २ सयमुनि

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण छैन भन्दा हुन्छ । बजार पूँजीकरणका हिसाबले बलिया भए पनि पछिल्लो समय वाणिज्य बैंकका शेयर बजारमा सबैभन्दा सस्तामध्येमा पर्छन् । 

पछिल्लो समय बजार १८ सय विन्दुसम्म पुगेर अहिले २ हजार ८८ विन्दुमा छ । बजार बढे पनि वाणिज्य बैंकको शेयर मूल्य भने बढ्न सकेको छैन । 

नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको शेयर मूल्य २ सय विन्दुमुनि छ, जसमा कुमारी बैंक, प्रभु बैंक, सिटिजन बैंक इन्टरनेशनल, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र एनएमबि बैंक छन् । यीमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर छ । बैंकको शेयर प्रतिकित्ता रू. १५९ कायम भएको छ । 

Read More