मुक्तिनाथ कृषि कम्पनीको ५औं साधारणसभा सम्पन्न


  • Himalayan Bank Limited (HBL)
मुक्तिनाथ कृषि कम्पनीको ५औं साधारणसभा सम्पन्न

२०८० साल पौष २५ गते मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा यती इभेन्टस् एण्ड कन्फेरेन्स सेन्टर काठमाडौँमा सम्पन्न भयो। संस्थापक र सर्वसाधारण सेयर धनीहरुको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीको अध्यक्ष भरतराज ढकालज्यूले आ.ब.२०७९/२०८० को संचालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजनाका साथै, मुक्तिनाथ कृषिका कम्पनी सचिव रामशरण तिमल्सिनाज्यूले भिजन ८५ को रणनीतिक कार्यहरुको बारेमा बताउनु भएको थियो।  पाँचौ बार्षिक साधारण सभाबाट कम्पनीले नयाँ संचालक समितिको चयन गरेको छ। जस् अन्तर्गत सर्वसम्मत रुपमा नयाँ संचालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल संस्थापक संस्थागत तर्फबाट मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित हुनुभयो। साथै, २०८० साल पौष २६ गते बसेको निर्वाचित संचालकहरुको बैठकबाट श्री सीताराम काफ्लेज्यू अध्यक्ष चयन हुनु भएको छ। त्यस्तै,  उक्त बैठकबाट ४बर्षे कार्यकालका लागी श्री भरतराज ढकालज्यूलाई प्रबन्ध संचालकमा चयन गरिएको छ।

कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य श्रृङ्खलामा व्यवस्थापकीय भूमिका निर्वाह गरि नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैङ्कको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो । कम्पनीले सर्वसाधारण सेयरको निष्कासन एक महिना अगाडी गरिएको थियो। कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी बस्तु तथा सेवा उपलब्ध गराउदै आइरहेको छ । कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रकोमा जोड दिँदै आइरहेको छ।