कुल राष्ट्रिय उत्पादन (जिएनपी) भनेकाे के हाे ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कुल राष्ट्रिय उत्पादन (जिएनपी) भनेकाे के हाे ?

धेरै जना कुल गार्हस्थ उत्पादन (जिडिपी) र कुल राष्ट्रिय उत्पादन (जिएनपी) लाई एकै भनेर बुझ्ने गर्छन् । धेरै झुक्किन्छन् पनि । यी दुवै शब्दावली एकै होइनन् । यिनमा धेरै फरक नभए पनि महत्वपूर्ण फरक भने पक्कै छ । जिएनपीमा कुनै पनि देशले निश्चित अवधिमा हासिल गरेको अन्तिम वस्तु तथा सेवाको कुल अनुमानित आयको गणना गरिन्छ । यसमा सामान्यत व्यक्तिगत रूपमा खपतमा भएको खर्च, घरेलु औद्योगिक लगानी, सरकारी खर्च, खुद निर्यात र नेपालीले विदेशमा कमाएर भित्र्याएको लगानी समावेश गरिन्छ र त्यसबाट विदेशीले नेपालमा आर्जन गरी बाहिर्‍याएको रकमलाई घटाइन्छ । 

यसलाई सूत्रमा यसरी बुझ्न सकिन्छ : जिएनपी = खपत+लगानी+खर्च+निर्यात+रेमिट्यान्स–विदेशी रकम पर्छ । 

 जिडिपी र जिएनपीबीच फरक 
जिडिपी र जिएनपीमा खास भिन्नता छ । जिडिपीमा सम्पूर्ण राष्ट्रिय उत्पादन, खर्च र आम्दानी समावेश भएको हुन्छ भने जिएनपीमा राष्ट्रिय उत्पादनका साथै विदेशबाट भित्रिएको आम्दानीसमेत समावेश गरिन्छ । 

जस्तो, जिडिपीलाई सूत्रमा यसरी बुझ्न सकिन्छ : राष्ट्रिय आय = राष्ट्रिय उत्पादन = राष्ट्रिय खर्च । जिएनपीमा भने जिडिपी+विदेशबाट भित्र्याइएको खुद आय पनि समावेश हुन्छ । 

जिडिपीमा राष्ट्रभित्र कारोबार हुने वस्तु तथा सेवाको मात्र मूल्य समावेश हुन्छ भने जिएनपीमा मुलुकभित्रबाट मात्र नभई आफ्ना नागरिकले विदेशमा कमाएको सम्पत्तिसमेत समावेश हुन्छ । 

यसलाई साधारण भाषामा यसरी बुझ्न सकिन्छ । जस्तो, जापानी कम्पनी बेलायतमा खोलिएको छ भने उक्त कम्पनीले उत्पादन गरेको वस्तु बेलायतको जिडिपीभित्र पर्छ । तर, यदि उक्त कम्पनीले बेलायतमा नाफा गरी जापानमा पठाउँछ भने उक्त नाफा जापानका लागि जिएनपीमा समावेश हुन्छ । जस्तो, विदेशी कम्पनी नेपालमा खोलिएको छ भने उक्त कम्पनीले नेपालमा उत्पादन गरेको वस्तुको मूल्य नेपालको कुल गार्हस्थ उत्पादनभित्र पर्छ । तर, विदेशीले लाभांश बाहिर्‍याएमा अर्को देशको जिएनपीमा जोडिन्छ । 

त्यसैगरी, नेपाली नागरिकले विदेशमा कम्पनी खोले उक्त कम्पनीले भित्र्याएको लाभांश नेपालका लागि जिएनपीमा जोडिन्छ । उक्त कम्पनीको उत्पादन भने जुन देशमा स्थापित छ, त्यसैको जिडिपीमा जोडिन्छ । 

Read More
  • MBL - below news