काठमाडौं : ल्याटिन अमेरिकी मुलुक अर्जेन्टिनाको वार्षिक मुद्रास्फीति दर २११% माथि पुगेको छ । मुद्रास्फीति सन् १९९० यताकै उच्च विन्दुमा पुगेको रोयटर्सले उल्लेख गरेको छ । अर्जेन्टिनाको मासिक मुद्रास्फीति दर पनि २५.५% पुगेको छ । अर्जेन्टिनाका नयाँ उदारवादी राष्ट्रपति हाभिएर मिलेईले गत डिसेम्बर १० मा कार्यभार सम्हालेपछि मुद्रास्फीति नियन्त्रणमा ल्याउने वाचासहित राष्ट्रिय मुद्रा पेसोको तीव्र अवमूल्यन गरेका थिए ।



