अहिले महँगी र बैंकको ब्याजदर घटेका कारण उत्पादनमूलक क्षेत्रका लागि सस्तो दरमा कर्जा लिन सकिने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै राजस्व बढेको र ढुकुटीमा पर्याप्त रकम रहेकाले सरकारले समेत खर्च बढाउन सक्ने अवस्था छ।
बिहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिरमा मूल्यवृद्धि ४.९५ प्रतिशत छ। त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिना (साउन) देखि मंसिरसम्मको वार्षिक औसत मूल्यवृद्धि ६.७१ प्रतिशत छ। गत आर्थिक वर्ष भने हरेक महिना मूल्य वृद्धिदर ७ प्रतिशत र योभन्दा माथि थियो।



