काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो पाँच महीनामा ६ खर्बभन्दा बढी विप्रेषण नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांकअनुसार यो अवधिमा विप्रेषणमार्फत ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ नेपाल भित्रिएको हो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो ।



