साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक स्थिर रहेको छ।
बुधबार २०८९.६२ विन्दुमा बन्द भएको नेप्से बिहीबार ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा बन्द भएको छ।
बिहीबारको बजारमा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रूपैयाँको सेयर कारोबार भएको छ।
बुधबार ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रूपैयाँको सेयर कारोबार भएको थियो।
बुधबारको तुलनामा आज कारोबार रकम ८३ करोड रूपैयाँ कम हो।
यस दिन ३०७ वटा धितोपत्रको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर किनबेच भएको हो।



