स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको लाग्दै आएको शुल्क पुनरावलोकन गर्ने भएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोर्डका अध्यक्ष गुणराज लोहनीले योगदान रकममा पुनरावलोकन गरी सुविधाको दायरा बढाउने तयारी गरिएको बताएका हुन् ।
हाल पाँच जना सम्म सदस्य भएको परिवारले बार्षिक रु ३५०० योगदान रकम तिरी १ लाखसम्म सुबिधा पाउने व्यवस्था छ। योगदान रकममा पुनरावलोकन गरी सुविधाको दायरा बढाउने तयारी गरिएको बोर्डले जनाएको हो । स्वास्थ्य बीमा कार्यक्रममा हाल कायम रहेको सुविधा थैलीको औषधीको शुल्क पुनरावलोकन गर्ने कार्य एक महिनामा सम्पन्न गरी लागू गर्ने बोर्डले उल्लेख गरेको छ।
हाल सम्म स्वास्थ्य बीमा नवीकरण अनलाईनमार्फत गर्ने व्यवस्था भएकोमा अब उप्रान्त शुरु आवद्धता पनि अनलाईनमार्फत गर्न सकिने तथा अस्पताल, सुपरमार्केट जस्ता ठाँउहरुमा स्वास्थ्य बीमा कार्यक्रमको स्टल राखी आबद्धत्तामा सहजता ल्याउने व्यवस्था गर्ने बोर्डले जनाएको छ ।


