काठमाडौँ । अनलाइनमार्फत् जुवा खेलाउँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पाण्डा जस्ता एप्लिकेसनमार्फत् अनलाइनमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई अनलाइनमार्फत् जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ताराप्रकाश साँवाको छोरा २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती घर भई हाल अनामनगर बस्ने नवराज कार्कीको छोरा २१ वर्षीय निशानराज कार्की र सर्लाही बरहथवा घर भई हाल भक्तपुरको सुर्यविनायक बस्ने नारायण गौतमको छोरा २५ वर्षीय निशान गौतम रहेका छन् ।



