सामाजिक सञ्जाल कम्पनीले बुझाए ५ महिनामा साढे १० करोड कर


  • Himalayan Bank Limited (HBL)
सामाजिक सञ्जाल कम्पनीले बुझाए ५ महिनामा साढे १० करोड कर

काठमाडौँ — माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबीलगायतका सामाजिक सञ्जालसहित इन्टरनेटमार्फत सःशुल्क सेवा दिने एक दर्जन प्लाटफर्मले नेपाल सरकारलाई पाँच महिनामा १० करोड ४२ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) बुझाएका छन् ।

जबकि नेपालमा दर्ता भएका यस्ता ९ वटा कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० करोड रुपैयाँ भ्याट र १ करोड ६१ लाख रुपैयाँ विद्युतीय सेवा कर ठूला करदाता कार्यालयमा दाखिल गरेका थिए । चालु आवमा भने नेटफ्लिक्स, टिकटक र एडोबी पनि कर प्रणालीमा जोडिएका हुन् ।

Read More