एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री प्रकरणमा गठन भएको उच्च स्तरीय छानबिन समितिको म्याद थप गरिएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले एक महिनाको अवधिमा कुनै प्रगति नभएपछि उक्त समितिको म्याद थप गरेको हो । हिजो मंगलबार उक्त समितिको एक महिना अवधि पुरा भएको छ ।यो अवधिमा एनसेल शेयर खरिद बिक्रीको कुनै कागजात उपलब्ध नभएपछि पुनः समय थपिएको हो ।
मन्त्रीपरिषद्को निर्णयमा भनिएको छ-‘एनसेलको शेयर खरिद बिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न नेपाल सरकार मन्त्रीपरिषद्को २०८०-८-२१ को निर्णयअनुसार गठित समितिको कार्यावधि माघ १५ गतेसम्म थप गर्ने।’



