टुंगिएन वस्तु विनिमय बजारको लाइसेन्स प्रक्रिया


  • Himalayan Bank Limited (HBL)
टुंगिएन वस्तु विनिमय बजारको लाइसेन्स प्रक्रिया

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि लाइसेन्स दिन प्रक्रिया चालेको करिब ६ वर्ष बितिसक्दा पनि अझै टुंगिन सकेको छैन । यसबीच, तीन नेतृत्व (डा. रेवतबहादुर कार्की, भीष्मराज ढुंगाना र रमेश हमाल) फेरिए । एउटै लाइसेन्सका लागि तीन पटक आवेदन खुले तर अहिलेसम्म वस्तु विनिमय बजारको अनुमति दिने विषयले निकासा पाउन सकेन । 

भर्खरै बाहिरिएका निवर्तमान अध्यक्ष रमेश हमालले आफूले गरेको दीर्घकालीन आर्थिक प्रभाव पार्ने सुधार तथा कार्यअन्तर्गत वस्तु विनिमय बजार सञ्चालन अनुमति प्रक्रिया अन्तिम चरणमा रहेको उल्लेख गरेका थिए ।

Read More