श्रीलङ्काको अर्थतन्त्र बढ्ने विश्व बैङ्कको प्रक्षेपण


  • Himalayan Bank Limited (HBL)
श्रीलङ्काको अर्थतन्त्र बढ्ने विश्व बैङ्कको प्रक्षेपण

विश्व बैङ्कले बुधबार  सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी  प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंककाअनुसार सन् २०२३ मा  श्रीलङ्काको अर्थतन्त्र ३.८ प्रतिशतले ऋणात्मक वृद्धि भएको अनुमान गरिएको छ । श्रीलङ्काको उत्पादनमा  आर्थिक वर्ष २०२२÷०२३ मा केहि घटेको अनुमान गरिएको भएता पनि सार्वभौम ऋणको पुनर्संरचनामा प्रगति भएको विश्व बैङ्कले जनाएको छ ।

Read More