नेपाल स्टक एक्सचेञ्ज नेप्सेको कारोबार प्रणाली विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्यका तीन दिनका लागि बन्द हुने भएको छ ।
बुधबार जारी सूचना अनुसार पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्मका लागि कारोबार प्रणाली बन्द हुन लागेको हो । नेप्सेले मर्मत सम्भारका क्रममा विद्युतीय प्रणाली अद्यावधिक गर्नका लागिएको जनाइएको छ ।
यस अघि विद्युत आपूर्ति समस्या आएको भन्दै नेप्सेको कारोबार नियमित समयमै पनि रोकिँदै आएको थियो ।



