काठमाडौं । पछिल्लो एक महीनामा सुकेको प्याजको मूल्य ३८ प्रतिशतले घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा प्याजको मूल्य ३८.३० प्रतिशतले घटेको हो ।
गत महीना भारतीय सुकेको प्याज प्रतिकिलो औसत १४१ रुपैयाँमा विक्री भएको थियो भने आज सोही प्याज प्रतिकिलो औसत ८७ रुपैयाँमा विक्री भइरहेको छ।
यस्तै एक महीनामा प्याजको आगमन पनि ८९ प्रतिशतले बढेको छ । गत महीना कालीमाटी बजारमा ३४ हजार २३० किलोग्राम प्याज भित्रिएको थियो भने आज ६४ हजार ८४२ किलोग्राम प्याज भित्रिएको समितिले जनाएको छ ।


.png)
