सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने


  • Himalayan Bank Limited (HBL)
सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने

काठमाडौँ — कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । 

कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख रुपैयाँ र १२ घातक रोगको हकमा सेवा अवधिभरमा १० लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

Read More