अमेरिकी सेयर बजार नियामकको ट्वीटर खाता ह्याक, ‘बिटक्वाइन इटीएफ’ स्वीकृत भएको झुटो समाचार पोस्ट भएपछि अनुसन्धान सुरु


  • Himalayan Bank Limited (HBL)
अमेरिकी सेयर बजार नियामकको ट्वीटर खाता ह्याक, ‘बिटक्वाइन इटीएफ’ स्वीकृत भएको झुटो समाचार पोस्ट भएपछि अनुसन्धान सुरु

काठमाडौं : अमेरिकी सेयर बजार नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसइसी)’ को एक्स (ट्वीटर) खाता ह्याक भएको छ । एसइसीको एक्स खाता ह्याक गरी मंगलबार स्पट–बिटक्वाइन एक्सचेन्ज ट्रेडेड फन्ड (इटीएफ) लाई अनुमति दिने योजनाहरु रहेको दाबी गर्ने झुटो पोस्ट भएको थियो । 

अमेरिकी लगानीकर्ताहरुले स्पट–बिटक्वाइन एक्सचेन्ज ट्रेडेड फन्ड (इटीएफ) लाई अनुमति दिने कि नदिने भन्ने बारे एसइसीको निर्णय व्यग्रताका साथ पर्खिरहेको अवस्थामा उक्त पोस्ट भएपछि बिटक्वाइनको भाउमा केही समय उच्च वृद्धि पनि भएको थियो । यद्दपि, एसइसीको एक्स खाताबाट पोष्ट भएको उक्त समाचार एक प्रमुख साइबर सुरक्षा घटनामा रुपान्तरण भएको छ ।

वाल स्ट्रीटको प्रमुख नियामकको सामाजिक सञ्जाल खाता नै ह्याक भएपछि अमेरिकी अधिकारीहरुले छानबिन सुरु गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै नियामकले यो घटनाको अनुसन्धान गर्न कानुनी निकायसँग सहकार्य गर्ने जनाएको छ । साथै, आफ्नो एक्स खातामा भएको अनाधिकृत पहुँच अन्त्य गरिएको र उक्त पोस्ट एसइसी तथा यसका कर्मचारीहरुले नगरेको पनि स्पष्ट पारेको छ ।

Read More