भारतीय लगानीका परियोजनाले उत्पादित गरेको बिजुली मात्रै बेच्ने सम्झौता भएको छैन : प्रधानमन्त्री


  • Himalayan Bank Limited (HBL)
भारतीय लगानीका परियोजनाले उत्पादित गरेको बिजुली मात्रै बेच्ने सम्झौता भएको छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय लगानीमा मात्रै उत्पादन गरेको बिजुली बिक्री गर्ने भनेर कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन्।  बुधबार कानुन,न्याय तथा मानव अधिकार समितिको बैठक बोल्दै नेपाल-भारतबीच भएका सम्झौताबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले दुई देशबीच दीर्घकालीन विदयुत व्यापार परियोजनामा हस्ताक्षर भएपछि अनेक टिकाटिप्पणी गरेको भन्दै यसमा ढुक्क हुन आग्रह समेत गरे। 'यहाँ कतिपयलाई लागेको छ कि भारतीयले बनाएका परियोजनाले मात्रै बिजुली लैजाने भनेको हो कि । यसमा कुनै सहमति र कुनै सम्झौता नेपालले गरेको छैन। होइन पनि। नेपालमा विभिन्न देशले लगानी गरेर विद्युत विकास गर्ने स्वतन्त्र सबैलाई छ।  भारतलाई पनि छ । अरुलाई पनि छ। '

Read More