काठमाडौं– प्रवाह गरेको कर्जा असुल्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तनाव बढेको छ । विगतमा प्रवाह भएको कर्जा अर्थतन्त्रको सुस्ततासँगै असुली नभएपछि उनीहरूलाई तनाव थपिएको हो ।
कर्जा असुलीका लागि बैंकहरूले साना-ठूला सबै ऋणीलाई तारन्तर दबाब दिँदै आए पनि अपेक्षाकृत असुली हुन सकेको छैन । कर्जा असुलीले गति लिन नसक्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वित्तीय विवरण बिग्रने चिन्तामा बैंकरहरू छन् । अर्थतन्त्रमा आएको सुस्ततामा सुधार नहुँदा बैंकहरूलाई कर्जा असुलीका लागि गाह्रो पर्दै गएकाले वित्तीय विवरणमा सुधार नआउने उनीहरुको बुझाइ छ ।



