वाणिज्य बैंकहरुले माघ महिनामा पनि निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन्। बैंकहरुमा अधिक तरलता भएपछि ब्याजदर घटाउने तयारी गरेका हुन्।
पछिल्लो समय बैंकहरुमा निक्षेप संकलन निरन्तर बढ्दै गएको छ भने कर्जा लगानी धेरै बढ्न सकेको छैन्। यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको छ।
निक्षेप संकलन निरन्तर बढेर लगानीयोग्य रकम थुप्रिन थालेपछि बैंकहरु लागत घटाउन ब्याजदर घटाउने तयारीमा देखिएका हुन्। "निक्षेप संकलन बढीरहेको भएपनि कर्जाको माग धेरै बढ्न सकेको छैन्," एक बैंकरले भने "माघमा पनि ब्याजदर घटाएर लागत घटाउनुपर्ने अवस्था देखिएको छ।"



