काठमाडौं : नेपाल र भारतबीच गत बिहीबार (१९ पुस) उच्च प्रभावयुक्त सामुदायिक विकास योजना (एचआईसीडीपी) सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो। नेपाल-भारत संयुक्त आयोगको बैठकमा अर्थसचिव डा. कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।
उक्त सम्झौताअनुसार भारतीय दूतावासले प्रत्येक नेपाली आयोजनामा अधिकतम २० करोडसम्म खर्च गर्न पाउनेछ। यसअघि यसको सीमा ५ करोड थियो। नेपाल-भारत संयुक्त आयोगको बैठकमा दुवै पक्षको सहमतिअनुसार उक्त बजेट २० करोड पुर्याइएको हो। त्यसअघि नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले एचआईसीडीपीको सीमा २० करोड पुर्याउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार नै आयोगको बैठकमा दुवै मुलुकका प्रतिनिधिले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।



