काठमाडौं : साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८९.१२ विन्दुमा कायम भएको छ। आइतबार २६ अंकले घटेको नेप्से सोमबार ३६ अंकले बढेको थियो।
यसदिन नेप्से बढेसँगै कारोबार रकमा पनि वृद्धि भएको छ। ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँमा खरिदबिक्री भएका छन्।
सो दिन ४ अर्ब ६७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।



