कमोडिटी एक्सचेन्ज तत्काल सञ्चालनमा ल्याउन माग गर्दै सर्वोच्चमा रिट दायर, ९० दिनमा हुनुपर्ने निर्णय ९ महिनामा पनि हुन सकेन


  • Himalayan Bank Limited (HBL)
कमोडिटी एक्सचेन्ज तत्काल सञ्चालनमा ल्याउन माग गर्दै सर्वोच्चमा रिट दायर, ९० दिनमा हुनुपर्ने निर्णय ९ महिनामा पनि हुन सकेन

कमोडिटी एक्सचेन्ज तत्काल सञ्चालनमा ल्याउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

अधिवक्ता रपिश पोखरेलले धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालनको लागि आवेदन माग गरि चार कम्पनीको आवेदनसमेत परिसकेको अवस्थामा के कति कारणले प्रक्रिया अघि नबढेको हो सो को कारण बुझाउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा नेपाली उत्पादकको उत्पादनलाई लक्षित गरी वस्तुहरु भौतिक हस्तान्तरण हुने गोदाम, वेयरहाउसहरुजस्ता उचित पुर्वाधारहरुको व्यवस्था हुने गरी बजार सञ्चालन गर्न गराउन अन्तरिम आदेशको माग पनि गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

Read More