पुस मसान्तमा साँवा–ब्याज र कर तिर्ने चटारो भए पनि देखिएन सेयर बजारमा दबाब, बढ्यो नेप्से


  • Himalayan Bank Limited (HBL)
पुस मसान्तमा साँवा–ब्याज र कर तिर्ने चटारो भए पनि देखिएन सेयर बजारमा दबाब, बढ्यो नेप्से

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिन केही दिन बाँकी हुँदै गर्दा नेप्से सूचकमा वृद्धि देखिएको छ । यसबेला सरकारलाई कर बुझाउन लगानीकर्ताले केही रकमको जोहो गर्ने गर्छन् । उनीहरुले धितोपत्र बिक्री गरेर पनि रकम जुटाउने गर्दै आएका छन् । जसकारण त्रैमासको अन्त्यमा नेप्से सूचकमा केही दबाब पर्ने गरेको प्रायः देखिन्छ । तर, अहिले भने यसको ठीक उल्टो भएको छ ।  

माघ महिना अघि अब ३ दिन मात्र सेयर बजार खुला हुनेछ । यसबीच आज मंगलबार धितोपत्र बिक्री गर्नेले मात्र ब्रोकरबाट पुस २९ गतेभित्र रकम हात पार्न सक्छन् । 

Read More