श्रमिकहरूलाई आर्थिक भार थप्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन


  • Himalayan Bank Limited (HBL)
श्रमिकहरूलाई आर्थिक भार थप्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

 काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले  श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएका छन्

मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले श्रमिकहरूलाई आर्थिक भार थप्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । 

मन्त्रालयका मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

Read More