तत्काल कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै सर्वोच्चमा रिट दायर


  • Himalayan Bank Limited (HBL)
तत्काल कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै सर्वोच्चमा रिट दायर

तत्काल वस्तु विनिमय बजार अर्थात् कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज अधिवक्ता रपिश पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटको मस्यौदा अधिवक्ता मुकुन्द घिमिरेले तयार पारेका हुन्।

वस्तु विनिमय बजार सम्बन्धि ऐन २०७४ मा उल्लेख भए बमोजिम कमोडिटी एक्सचेन्ज संचालनको लागि आवेदन माग गरिएको तर ऐनमा तोकिएको अवधि व्यतित भईसक्दा समेत कमोडिटी एक्सचेन्ज संचालनको लागि अनुमति प्रदान नभएकोले तत्काल कमोडिटी एक्सचेन्ज संचालनको लागि आदेश दिन रिटमा माग गरिएको छ । 

Read More