काठमाडौं : डिस मिडिया नेटवर्क लिमिटेडले सन् २०२३ मा ५ अर्ब १९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ७.३७ प्रतिशत बढी हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडका अनुसार यसले सन् २०२२ मा ४ अर्ब ८३ करोड ९० लाख र सन् २०२१ मा ४ अर्ब ९२ करोड रुपैयाँ व्यापार गरेको थियो ।
डिस मिडिया डीटीएच सेवा प्रदायक कम्पनी हो । सन् २०२० मा कम्पनीले फाइबर नेट ब्रान्ड नाम अन्तर्गत इन्टरनेट सेवा पनि सुरु गरेको छ । सन् २०१० मा डीटीएच प्रदायक अर्थात् स्याटेलाइट च्यानल प्रालि र डिस मिडिया नेटवर्क मर्ज भएका हुन् ।



