सरकारले पुस महिनामा मात्रै एक खर्ब ८८ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। यो वर्ष १४ खर्ब २२ अर्ब रूपैयाँको राजस्व लक्ष्यमा पुसमा मात्रै १३ प्रतिशतभन्दा धेरै उठाउने गरी लक्ष्य निर्धारण गरिएको हो।
यो महिनाको लागि अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई एक खर्ब १० अर्ब दुई करोड रूपैयाँको राजस्व उठाउने लक्ष्य तोकेको छ। त्यस्तै, भन्सार विभागलाई ५४ अर्ब ४४ करोड रूपैयाँकाे लक्ष्य दिएको छ। यो महिना गैर कर राजस्व २३ अर्ब ५० करोड रूपैयाँ उठाउने लक्ष्य राखिएको छ।



