बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अधिक भएको छ । बैंकिङ्ग प्रणालीमा पैसा थुप्रिँदा केन्द्रिय बैंकलाई व्यवस्थापन गर्न नै हम्मेहम्मे परेको छ । चालू आर्थिक वर्ष सुरु भएदेखि निक्षेपमा भएको वृद्धि अनुसार कर्जामा वृद्धि नहुँदा बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम थुप्रिएको हो ।
बैंकमा कर्जाको माग नै नभएपछि लगानीयोग्य रकम बढी भएको हो । लगानीयोग्य रकम अधिक भएपछि केन्द्रिय बैंकले व्यवस्थापनका लागि निक्षेप संकलन गरेको छ । केन्द्रिय बैंकले मंसिर ६ गते यता १८ पटकमा २ खर्ब ८२ अर्ब २० करोड रुपैयाँ पैसा तानेको (प्रशोचन) गरेको छ ।


