शेयर बजार ३६ अंकले बढ्यो, चार कम्पनीमा सकारात्मक सर्किट


  • Himalayan Bank Limited (HBL)
शेयर बजार ३६ अंकले बढ्यो, चार कम्पनीमा सकारात्मक सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । उतारचढावकाबीच सोमबार नेप्से सुचक ३६.५७ अंकले बढेर २०५९.४९ को बिन्दुमा पुगेको छ  । यसअघि आइतबार आज नेप्से सुचक २६.३६ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२७ अंकले बढेर ३७७.२८ को बिन्दुमा आइपुगेको छ ।

आज कुल १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ २८ पैसाको कारोबार भएको छ । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । कम्पनीको २१ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

Read More