काठमाडौं : पछिल्लो समय छिमेकी देश भारतको सेयर बजारले अल टाइम हाई रेकर्ड बनाउँदा भारतीय म्युचुअल फन्डहरुमा पनि ठूलो परिमाणमा लगानी भित्रिएको छ । डिसेम्बर महिनामा भारतीय म्युचुअल फन्डहरुको व्यवस्थापनमा रहेको सम्पति इतिहासमै पहिलो पटक ५०० खर्ब भारु नाघेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
म्युचुअल फन्डहरुको व्यवस्थापनमा रहेको सम्पति गत डिसेम्बर महिनामा ५१०.९ खर्ब भारु पुगेको हो । भारतका इक्विटी म्युचुअल फन्डहरुमा डिसेम्बर महिनामा मात्रै १ खर्ब ६९ अर्ब भारु लगानी भित्रिएको छ । जुन नोभेम्बरको तुलनामा ९% ले धेरै हो । डिसेम्बरमा सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानमा मात्रै हालसम्मकै उच्च १ खर्ब ७० अर्ब भारु लगानी थपिएको छ ।



