नेपाल धितोपत्र बोर्डमा अनियमितता रोक्न भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन आयोजना गरेको छ ।
बोर्डको खुमलटारस्थित कार्यालय अगाडि गरिएको प्रदर्शनमा सहभागीहरुले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पारदर्शी हुनेपर्ने लगायतका नारा लगाएका थिए । बोर्ड भित्रको अनियमितता तथा बेथिति अन्त्य गर्न भन्दै प्रदर्शन गरिएको जनाइएको छ ।



