बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस भएको छ।
यही कारण राष्ट्र बैंकले लिएको नीतिगत लक्ष्य समेत पूरा हुन सकिरहेको छैन। बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिने लक्ष्य राष्ट्र बैंकको छ।
मंसिर २२ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो लक्ष्य लिएको थियो।
गत साउन ८ गते राष्ट्र बैंकले अन्तरबैंक सापटीको दर ४.५ प्रतिशत तोकेको थियो। तर गत मंसिर २२ मा परिमार्जन गर्दै यो दर ३ प्रतिशतमा झारेको थियो।



