काठमाडौं : माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीकोे आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने १०.५३% नगद लाभांश वितरण गरेको थियो ।



