काठमाडौँ । पछिल्लो समय किसानले दुध बिक्री गरेबापत रकम भुक्तानी पाउन सकेका छैनन् । तर किसानले पाउनुपर्ने रकम कति छ भन्ने वास्तविक तथ्याङ्क भने सरकारी निकायसँग छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योगी र किसानसँग आफ्नो प्रत्यक्ष सम्पर्क नहुँदा तथ्याङ्क नभएको जनाएको छ । ‘निजी क्षेत्रको सम्पर्क हामीसँग सिधै हुँदैन,’ मन्त्रालयकी सूचना अधिकारी सबनम सिवकोटी अर्यालले भनिन्, ‘त्यसकारण तथ्याङ्क छैन, उत्पादनमा ठुलै उतारचढाव भएमा मात्रै आइपुग्छ, अनुमानित रकममात्रै छ ।’






