२०२२ अंकमा झर्‍यो सेयर बजार, सबै समूह घट्दा हाइड्रोपावर बढ्यो


  • Himalayan Bank Limited (HBL)
२०२२ अंकमा झर्‍यो सेयर बजार, सबै समूह घट्दा हाइड्रोपावर बढ्यो

आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा २६.३६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०२२.९ अंकमा कायम भएको छ ।

कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ५८ करोडको कारोबार भएकोमा आइतबार ५ अर्ब २४ करोडमा खुम्चिएको छ । कुल ८१ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो ।यस दिन सबै समूह घट्दा हाइड्रोपावर समूह बढेको छ । खासगरी मुलुकको विद्युत् निर्यातका लागि भारतसँग भएको सहमतिले हाइड्रोपावर समूहमा सकारात्मक माहोल सृजना भएको छ । हाइड्रोपावर समूह १.०३ प्रतिशत बढ्यो । बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स १.३, लगानी १.९, जीवन बीमा २.४, उत्पादन १.६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा १.६, अन्य १.८ र ब्यापार समूह २.१ प्रतिशत घटे ।

Read More