परासी : भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याउँदै गरेको २९ लाख बराबरको औषधि बरामद भएको छ। भारतीय सीमासँग जोडिएको प्रतापपुर गाउँपालिका–९ चण्डालटोल नाकाबाट ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले आइतबार बिहान ६ पेटी औषधि बरामद गरेको हो ।
प्रदेश नं.३,०१–००२ च ८९९६ नम्बरको कारमा लुकाएर ल्याएको अवस्थामा २९ लाख ४९ हजार बराबरको औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए । बरामद भएका औषधिमा सलाइनमा प्रयोग हुने आइबी क्यानुला, विभिन्न रोगलगायत सर्जिकलसम्बन्धीका औषधिहरु रहेको बोहराले बताए ।



