बाढीले क्षति पुर्याएको ६ महिनापछि अपर हेवाखोलाले फेरी थाल्यो विद्युत उत्पादन


  • Himalayan Bank Limited (HBL)
बाढीले क्षति पुर्याएको ६ महिनापछि अपर हेवाखोलाले फेरी थाल्यो विद्युत उत्पादन

बाढीले आयोजनामा क्षति पुर्याएको ६ महिना पछि अपर हेवाखोला हाइड्रोपावरको आयोजनाले फेरी विद्युत उत्पादन थालेको छ । आवश्यक मतमत सम्भारपछि २०८० पौष १९ गते साँझ ७.२५ बजेदेखि ८.५ मे.वा क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।

आयोजनामा २०८० साल असार २ गते राति आएको बाढीले ब्यापक क्षति पुयाएकोले सो मितिदेखि विद्युत उत्पादन बन्द भएको थियो। कम्पनीका अनुसार प्रसारण लाईनको पुनः निर्माण कार्य सम्पन्न गरी, पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवस्यक परीक्षण भइ, हेवाखोला ईन्टकको बाईपास क्यानल र कनेक्टिङ पाईपको मर्मत कार्य सम्पन्न गरिएको हो ।

Read More