काठमाडौं– बीमा कम्पनीहरूको मर्जर कर्मचारीका लागि भने समस्या बन्न पुगेको छ । नियामक निकायले मर्जरमा जोड दिँदा समस्यामा परेका कर्मचारीले धमाधम जागिर छाड्ने क्रम बढेको छ ।
बीमा प्राधिकरणको कात्तिकसम्मको तथ्यांकअनुसार बीमा कम्पनीहरूमा ११ हजार ४१८ हजार कर्मचारी कार्यरत छन् । २०७९ कात्तिकसम्म ११ हजार ८२० कर्मचारी रहेकोमा चालु आवमा ४ सय २ जना घटेर यो संख्या ११ हजार ४१८ मा झरेको छ । २०७९ कात्तिकको तुलनामा २०८० कात्तिकमा यो ३.४० प्रतिशतको गिरावट हो ।



